असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा हुने
मङ्गलबार, ३० साउन २०८०, १८ : २८

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन लागेको हो ।
त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन् । ती मध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेड बुद्धि परीक्षा दिन पाउनेछन् ।
प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा विद्यार्थीहरूले चित्त नबुझेमा १५ दिन भित्र ५०० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गमा राति यातायात सञ्चालन रोक
-
टि ट्वान्टी आई सिरिज : नेपालले गुमायो चार विकेट
-
१० बजे १० समाचार : कात्तिकमा उपनिर्वाचनको प्रस्ताव, रास्वपामा मुकुल नै महामन्त्री !
-
मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
-
जन्मदिनमा गायिका एलिना चौहान : बाँदरलाई केरादेखि मेहनतीलाई हजारका नोटसम्म
-
नेपालको खराब सुरुवात