ओली र रावलबीच एक घण्टा बढी छलफल, रावलले भने–भेट सकारात्मक भयो
मङ्गलबार, ३० साउन २०८०, १९ : १४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच एक घण्टा बढी छलफल भएको छ ।
मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा भएको भेटमा ओली र रावलबीच देशको समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको पछिल्लो अवस्थाबारे छलफल भएको हो । नेता रावले लामो समयपछि भएको भेट सकारात्मक भएको जानकारी दिए ।
उनले भने, 'हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग के छ, कस्तो छ भन्ने भलाकुसारी भयो । र, अहिले देशको स्थित, पार्टीको अवस्था के छ, कस्तो छ, भन्ने कुराकानी भयो । धेरै लामो कुराकानी भएन । फेरि भेट्ने कुराकानी भएको छ ।'
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहाना विपरीत उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण