सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र रावलबीच एक घण्टा बढी छलफल, रावलले भने–भेट सकारात्मक भयो

मङ्गलबार, ३० साउन २०८०, १९ : १४
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच एक घण्टा बढी छलफल भएको छ । 

मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा भएको भेटमा ओली र रावलबीच देशको समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको  पछिल्लो अवस्थाबारे छलफल भएको हो । नेता रावले लामो समयपछि भएको भेट सकारात्मक भएको जानकारी दिए ।

उनले भने, 'हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग के छ, कस्तो छ भन्ने भलाकुसारी भयो । र, अहिले देशको स्थित, पार्टीको अवस्था के छ, कस्तो छ, भन्ने कुराकानी भयो । धेरै लामो कुराकानी भएन । फेरि भेट्ने कुराकानी भएको छ ।'  

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहाना विपरीत उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप