बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

डिजेलको भाउ एकै पटक १४ रुपैयाँ बढ्यो

मङ्गलबार, ३० साउन २०८०, २१ : २६
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको भाउ एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । 

भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी एकै पटकमा १४ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । 

यससँगै डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर काठमाडौँमा  १६७ रुपैयाँ पुगेको छ । भारतले मूल्य सूची पठाउँदा प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप