‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छः उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ अघि बढाएको दाबी गरे ।
नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुनेगरी सो ऐन ल्याउने आश्वासन समेत दिए ।
उनले भने, ‘मुलुकको अर्थतन्त्रले धान्नेगरी जेजे गर्न सकिन्छ ? त्यो गर्ने कुरामा सहमति भयो । त्यसैले राम्रो कुराले, सकारात्मक तरिकाले ऐन अगाडि बढेको छ । यो ऐन यही संसदमा दर्ता हुन्छ । हामीले त्यसलाई चाँडै नै सम्भवतः एक हप्ता भित्र संसदमा त्यो ऐन पुग्छ । अहिले मुलतः सरकारले संघीय ऐनहरु, जो प्रदेशको ऐनसँग जोडिएको छ । स्थानीय तहसँग जोडिएको छ । स्थानीय निकायसँग जोडिएको छ । सँगसँगै जनताको संविधानले व्यवस्था गरेका सेवा र हक, अधिकारको प्राप्तीसँग जोडिएको छ त्यो ऐन । त्यसलाई तीव्र गतिमा हामीले अगाडि बढाउनुछ । ऐनहरु निर्माण गर्नुछ । त्यसमा वर्तमान सरकार, हामी प्राथमिकतामा राखेरै यो काम गरिरहेका छौं । त्यही अन्तरगत अन्य ऐनहरु अगाडि बढ्दैछ । संघीय शिक्षा ऐन अगाडि बढ्दैछ । संघीय प्रहरी ऐन तयारीको क्रममा छ ।’
उपप्रधानमन्त्री खड्काले मुलुकका अर्थतन्त्रले दिने अनुमतिको आधारमा कर्मचारीहरुलाई सेवा, सुविधा बढाउने कुरामा सरकारले कुनैपनि खालको कन्जुस्याई नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा
-
आधिकारिक थोक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न आग्रह
-
प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, बिहानैदेखि गेटमा धर्ना
-
सुदूरपश्चिम प्रदेशको बजेट प्रदेश सभामा टेबुल हुँदै, सत्तापक्षभित्रकै असन्तुष्टिले पारित हुनेमा भने अन्योल
-
बालेन सरकारका १०० दिने उपलब्धि सार्वजनिक शनिबार
-
स्कुल र कलेजका दर्शक पकाउँदै ‘हली’ युनिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण