बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे शेखर कोइराला
बुधबार, ३१ साउन २०८०, १९ : १५

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा गएर बालकृष्ण खाणलाई भेटेका छन् । कोइरालाले बुधबार दिउँसो करिब तीन बजेतिर खाणलाई भेटेको केन्द्रीय कारागारका एक जना अधिकृतले जानकारी दिए ।
कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।
खाणसँगै, टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पनि केन्द्रीय कारागारमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू
-
हेटौँडामा वडाध्यक्षमाथि मोबिल छ्यापियो