बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे शेखर कोइराला
बुधबार, ३१ साउन २०८०, १९ : १५
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा गएर बालकृष्ण खाणलाई भेटेका छन् । कोइरालाले बुधबार दिउँसो करिब तीन बजेतिर खाणलाई भेटेको केन्द्रीय कारागारका एक जना अधिकृतले जानकारी दिए ।
कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।
खाणसँगै, टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पनि केन्द्रीय कारागारमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण