पश्चिमी अफ्रिकामा प्रवासी चढेको डुङ्गा पल्टियो, ६० भन्दा बढीको मृत्यु भएको आशङ्का
पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीको डुङ्गा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ ।
इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ ।
उक्त डुङ्गामा करिब १०० जना सवार थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्र यात्रा गरिरहेका थिए ।
यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन ।
पुलिसले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार जहाज पहिलो पटक सोमबार देखिएको थियो । प्रारम्भिक रिपोर्टमार्फत डुङ्गा डुबेको जानकारी प्राप्त भयो ।
प्रहरीका अनुसार काठको डुङ्गा साल टापुबाट लगभग ३२० किलोमिटर (२०० माइल) पर देखिएको थियो । त्यसपछि अधिकारीहरूलाई सतर्क गरिएको थियो ।
सेनेगलको विदेश मन्त्रालयले मङ्गलवार ढिलो जारी गरेको विज्ञप्तिमा उक्त डुङ्गा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ ।
मन्त्रालयले केप भर्डेका अधिकारीहरूसँग बाँचेकाहरूलाई फिर्ता गराउनका लागि सम्पर्कमा रहेको बताएको छ ।
केप भर्डे स्पेनिस क्यानरी टापुका लागि समुद्री मार्ग हो, पश्चिमी अफ्रिकाको तटबाट लगभग ६०० किलोमिटर टाढा, जुन प्रायः युरोपियन युनियनमा प्रवेश गर्न प्रयोग गरिन्छ ।
आइओएमका प्रवक्ता सफा मशेलीले भनिन्, ‘माइग्रेसनका लागि सुरक्षित र नियमित मार्गको निकै कमी छ । जसले गर्दा मानव तस्करहरूलाई त्यस्ता जोखिमपूर्ण मार्गमा मानिस पठाउने अवसर मिल्छ ।’
आइओएमको तथ्याङ्कअनुसार सन् २०२२ मा क्यानरी टापु पुग्ने प्रयास गर्दा कम्तीमा ५५९ जनाको ज्यान जाने अनुमान गरिएको छ भने यस वर्षको पहिलो ६ महिनामा सोही मार्गमा १५ वटा जहाज दुर्घटनामा परी १२६ जनाको कि त मृत्यु भएको कि घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण