यूएईमा नेपालीले जिते साढे ३ करोडको चिट्ठा
बिहीबार, ३२ साउन २०८०, १६ : २८
दुबई । यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।
महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा चिट्ठा जित्न सफल भएको द गल्फ न्युज डटकमले जानकारी दिएको छ । उनले साढे एक वर्षदेखि चिट्ठाको टिकट खरिद गर्दै आइरहेको समाचारमा उल्लेख छ ।
तुलसी विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आइरहेका थिए । उनले इमेलमार्फत यो सुखद खबर पाएका थिए । यो रकमले अब नेपालमा नयाँ घर बनाउने योजना रहेको उनको भनाई छ ।
त्यस्तै, सुडानका इन्जिनियर अगिबले ५० हजार दिराम बराबरको सुनको सिक्का जित्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण