ब्याडमिन्टन एशिया क्षेत्रीय प्रतियोगिता शुक्रबारदेखि
काठमाडौँ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप—२०२३ शुक्रबारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
अल्पविकसित राष्ट्रहरुमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले ब्याडमिन्टन एशियाले यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको छ । प्रतियोगितामा यू–१५ र यू१७ स्पर्धा समावेश गरिएको छ । उक्त प्रतियोगितामा १२ वटा स्पर्धा समावेश गरिएको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा हुने प्रतियोगिता नेपाललगायत भुटान, श्रीलंका, बंगलादेश, मालदिभ्स र पाकिस्तानको सहभागिता रहने छ । प्रतियोगितामा ६ राष्ट्रका ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
छात्रतर्फ र छात्रातर्फ २६ खेलाडीको प्रतियोगितामा सहभागिता रहनेछ । अन्य राष्ट्रबाट आठ- आठजना तथा नेपालबाट १६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको हैसियतले नेपाले एक विधामा तीनजना खेलाडीलाई सहभागी गराउने अवसर पाएको हो । अन्य राष्ट्रले भने एक विधामा दुईजना खेलाडीमात्र सहभागी गराउने पाउने छ ।
यो प्रतियोगिता ओलम्पिक छात्रबृत्तीका लागि खेलाडी छनोटको आधारसमेत भएको र प्रत्येक देशबाट एक छात्रा तथा एक छात्र खेलाडी छनोट गरी मलेसियामा आयोजना हुने ओलम्पिक छात्रबृत्ती प्रतियोगितामा स्पर्धा गराइने छ । त्यसपछि छात्रबृत्तीका लागि खेलाडी छनोट हुने जानकारी ब्याडमिन्टन एशियाका विकास ब्यवस्थापक सामबेन्थन शिभपेरुमलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिए ।
अर्का विकास ब्यवस्थापक थानाबालन अरिकृष्णनले एशियामा ब्याडमिन्टनको विकास गर्न के—कस्ता कार्यक्रम हुनुपर्छ भन्ने छलफल गर्न र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम बनाउन उद्देश्यसहित ब्याडमिन्टन एशियाले यो कार्यक्रम सञ्चालन गरेको बताए ।
ब्याडमिन्टन एशियाले एशियाका अल्पविकसित राष्ट्रहरुलाई चार क्षेत्रमा विभाजन गरेर कार्यक्रम आयोजना गर्न लागेको जानकारी ब्याडमिन्टन एशियाका कार्यक्रम ब्यवस्थापक एजी यिन मुनले दिइन् । कार्यक्रमका लागि ब्याडमिन्टन एशियाका विकास समितका चेयरम्यान वाजीद अली चौधरी पनि नेपाल आउने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण