कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो
शुक्रबार, ०१ भदौ २०८०, १० : ३०
मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।
कान्तिलोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, हेटौँडा–भीमफेदी सडकखण्ड र भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण