चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन
बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाइकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहीबार जीतपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो ।
जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरे । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए ।
करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू हुने छ ।
स्वास्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा समाजसेवी कृष्णवर्त सिंह, टिभिएसको एच.ओ.डि ड्रोना संग्रोला, संतोस पारिक, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरि, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरि, टिभिएस सिमरा उद्योगका जि.एम. अशोक सरकार, टिभिएका आर्थिक शाखा प्रमुख राजकुमनर सर्राफि, लोजिस्टिक प्रमुख विशाल गुप्ता, पि.डि.आई ईन्चार्ज श्रीकान्त राठोर, डिस्प्याच प्रमुख जितेन्द्र यादव, टिभिएसका आर.एम देबेन्द्र ढुंगाना, केशभ झा, साना किसान सहकारी संस्थाकि अध्यक्ष कमला रिमाल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका सदस्य राजुराज गिरि, सागरमाथा लुम्बिनी इन्स्योरेन्स सिमरा शाखाका प्रमुख रूकु पाख्रिन, अमर यादव, जीतपुर रेडिमेड व्यवसायी संघका अध्यक्ष फैजुल्ला अंसारी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण