काेशी प्रदेश
मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने
शुक्रबार, ०१ भदौ २०८०, १३ : ५८
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भने भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।
सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए ।
थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण : राष्ट्रिय महत्त्वका सम्पदामा तीनै तहको सरकारले स्रोत ब्यहोर्ने
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण