देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौँ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताएका छन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताएका हुन् ।
मन्त्री बस्नेतले ऊर्जालाई देशको विकास र समृद्धिको लागि प्रयोग गर्ने अभियानका साथ अगाडी बढेको बताए । उनले ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी प्रयोग गरिने बताए । उनले विद्युत् निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
मन्त्री बस्नेतले कृषि, पर्यटन, औद्योगीकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेण्डालाई गम्भीरताका साथ उठाएको बताए ।
मन्त्री बस्नेतले सरकारले स्वच्छ वातावरणका लागि नवीकरणीय ऊर्जाको कुरा पनि महत्वका साथ उठाएको बताए । उनले ऊर्जा विकासको समग्र रणनीतिको १० वर्षे रोडम्याप बनाउने र सोही अनुसार काम गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण