शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टोखाको रिह्याब सेन्टरमा युवकको शंकास्पद मृत्यु, संचालक पक्राउ

शुक्रबार, ०१ भदौ २०८०, १९ : १९
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ स्थित रिह्याब सेन्टरमा युवकको शंकास्पद मृत्यु भएको छ । गुरुकुल रिकभरी सेन्टरमा ३४ वर्षीय बन्द बहादुर घर्ती मगरको मृत्यु भएको हो ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–५ घर भएका घर्ती मगरलाई परिवारले २३ साउनमा रिह्याबमा लगेर राखेका थिए । साउन ३१ मा बिहान बिरामी भएको भन्दै रिह्याब संचालकले बन्द बहादुरलाई ग्राण्डी अस्पतालमा लगे । अस्पतालमा पुगेको १५ मिनेटपछि घर्तिमगरको मृत्यु भयो ।

बन्द बहादुरको शरिमा निलडाम र चोटपटक देखिएको उनका बुवा डोल बहादुर घर्तिमगरले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । घटना शंकास्पद देखिएपछि गुरुकुल रिकभरी सेन्टरका संचालक कृष्ण भारतिलाई प्रहरीले पक्राउ गरेको छ ।

संचालकलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी वृत महाराजगञ्जका डिएसपी अंगुर जिसिले रातोपाटीलाई बताए । उनले भने–‘रिह्याबमा ३ दिन बाँधेर यातना दिएको आरोप छ, हामी अनुसन्धान गर्दै छौं ।’

बन्द बहादुर टोखा नगरपालिका–९ स्थित गोंगबु शिव मन्दिर नजिकै बस्थे । मदिरा सेवनको लत बसेपछि सो लत छुटाउन परिवारले उनलाई रिह्यावमा राखेका थिए । रिह्याब सेन्टरका संचालकले उनलाई साउन ३१ मा बिहान साढे ३ बजे अस्पतालमा लगेका थिए । अस्पताल पुगेको १५ मिनेटपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घर्तिमगरको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको उनका साथी प्रविन आचार्यले बताए । आचार्यले भने–‘पोष्पमार्टभ भएको छ तर, हामिले शव बुझेका छैनौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप