सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला

सोमबार, ०२ असार २०८२, १४ : २०
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • सांसद प्रकाश ज्वालाले आगामी बजेट मन्त्रीमुखी भएको र मन्त्रीहरूले बजेट कब्जा गरेको आरोप लगाए।
  • उनले सहरी विकासको बजेटमा मन्त्रीहरूको एकलौटी देखिएको र पार्टीका कार्यालय बनाउन बजेट समावेश गरिएको बताए।
  • बजेटले जनतालाई आशा र समृद्धिको मार्गचित्र दिन नसकेको तथा बिचौलिया र व्यापारीलाई फाइदा पुर्‍याएको उनको भनाइ छ।

काठमाडौँ । सांसद प्रकाश ज्वालाले आगामी वर्षको बजेट मन्त्रीले कब्जा गरेको देखिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखिएको उनले बताएका हुन् । 

‘यो बजेट मन्त्रीमुखी आएको छ । यसमा पनि सहरी विकासको बजेट मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिएको छ । मन्त्रीका बाउ आमा र पाटीका कार्यालय बनाउन पार्टीका नामका आयोजनामा बजेट समावेश छ,’ उनले भने, ‘मन्त्रीमुखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ यसमा हाम्रो घोर आपत्ति छ ।’ 

बजेट अर्थ राजनीतिको दस्ताबेज तथा जनतालाई डेलिभरी दिने अन्तिम औजार भएको र बजेटले पोलिसी डिपार्चर गर्ने आशा गरिएको थियो । तर त्यस्तो हुन नसकेको तर्क गरे ।

‘नयाँ भिजन पनि दिन सकेन । बजेटले जनतालाई आशा भरोसा र समृद्धिको मार्गचित्र पनि दिन सकेन । बिचौलिया र व्यापारी खुसी हुने त्यसमा पनि आयात व्यापारी खुसी हुने जनता दुखी हुने खालको आएको छ । त्यसमा पनि भुँइमान्छेलाई बिर्सिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप