सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला
सारांश
- सांसद प्रकाश ज्वालाले आगामी बजेट मन्त्रीमुखी भएको र मन्त्रीहरूले बजेट कब्जा गरेको आरोप लगाए।
- उनले सहरी विकासको बजेटमा मन्त्रीहरूको एकलौटी देखिएको र पार्टीका कार्यालय बनाउन बजेट समावेश गरिएको बताए।
- बजेटले जनतालाई आशा र समृद्धिको मार्गचित्र दिन नसकेको तथा बिचौलिया र व्यापारीलाई फाइदा पुर्याएको उनको भनाइ छ।
काठमाडौँ । सांसद प्रकाश ज्वालाले आगामी वर्षको बजेट मन्त्रीले कब्जा गरेको देखिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखिएको उनले बताएका हुन् ।
‘यो बजेट मन्त्रीमुखी आएको छ । यसमा पनि सहरी विकासको बजेट मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिएको छ । मन्त्रीका बाउ आमा र पाटीका कार्यालय बनाउन पार्टीका नामका आयोजनामा बजेट समावेश छ,’ उनले भने, ‘मन्त्रीमुखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ यसमा हाम्रो घोर आपत्ति छ ।’
बजेट अर्थ राजनीतिको दस्ताबेज तथा जनतालाई डेलिभरी दिने अन्तिम औजार भएको र बजेटले पोलिसी डिपार्चर गर्ने आशा गरिएको थियो । तर त्यस्तो हुन नसकेको तर्क गरे ।
‘नयाँ भिजन पनि दिन सकेन । बजेटले जनतालाई आशा भरोसा र समृद्धिको मार्गचित्र पनि दिन सकेन । बिचौलिया र व्यापारी खुसी हुने त्यसमा पनि आयात व्यापारी खुसी हुने जनता दुखी हुने खालको आएको छ । त्यसमा पनि भुँइमान्छेलाई बिर्सिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण