'मिस युनिभर्स नेपाल २०२३' का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक
काठमाडौँ । उमङ्ग क्रियसनको आयोजनामा 'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन् ।
एक समारोहका बीच पाँच सय जना प्रतिस्पर्धीहरू मध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका हुन् । जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागिता रहेको थियो । २२ जना मध्ये दुई जना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको छ ।
'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' को फाइनल भदौ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने, उमङ्ग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।
उनले विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वासका साथै सुन्दरीहरूको प्रतिमूर्तिका रूपमा स्थापित हुनका लागि यो उत्कृष्ट अवसर भएको बताए ।
प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफिमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा। पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा। अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहेका छन् ।
२२ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट विजेताले नोवेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण