आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित लिभरपुलको उत्कृष्ट पुनरागमन

शनिबार, ०२ भदौ २०८०, २२ : २८
शनिबार, ०२ भदौ २०८०

एनफिल्ड । १० खेलाडीमा सीमित बनेको लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै बोर्नेमाउथविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । नयाँ खेलाडी एलेक्सिस म्याक एलिस्टरले  घरेलु मैदानमा आफ्नो पहिलो खेलमा नै रातो कार्ड पाए पनि लिभरपुल रोमाञ्चक खेलमा ३–१ गोलले विजयी बनेको हो ।

एन्टोनी सेमेयेनोले खेलको तेस्रो मिनेटमा नै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, २७ औँ मिनेटमा लुइस डियाजले डिओगो जोटाको पासमा गोल गर्दै खल बराबरी गरे । ३६ औँ मिनेटमा मोहमद शालाहले पेनाल्टीको रिबाउन्डमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

यो सिजन ३.५ करोड पाउन्डमा ब्राइटनबाट अनुबन्ध भएका म्याक एलिस्टरले ५८ औँ मिनेटमा रातो कार्ड पाएपछि लिभरपुल दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेको थियो । तर, जोटाले ६२ औँ मिनेटमा तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

पहिलो खेलमा चेल्सीसँग १–१ को बराबरी खेलेको लिभरपुलको दुई खेलबाट ४ अंक रहेको छ । बार्नेमाउथले भने एक अंक मात्र बटुलेको छ । उता लगातार दोस्रो खेलमा जीत निकाल्दै ब्राइटन लिगको शीर्ष स्थानमा रहेको छ । ब्राइटनले वूल्भ्सलाई ४–१ गोलले हरायो । त्यस्तै, ब्रेन्टफोर्डले फुलहमलाई ३–० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप