१० खेलाडीमा सीमित लिभरपुलको उत्कृष्ट पुनरागमन
एनफिल्ड । १० खेलाडीमा सीमित बनेको लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै बोर्नेमाउथविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । नयाँ खेलाडी एलेक्सिस म्याक एलिस्टरले घरेलु मैदानमा आफ्नो पहिलो खेलमा नै रातो कार्ड पाए पनि लिभरपुल रोमाञ्चक खेलमा ३–१ गोलले विजयी बनेको हो ।
एन्टोनी सेमेयेनोले खेलको तेस्रो मिनेटमा नै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, २७ औँ मिनेटमा लुइस डियाजले डिओगो जोटाको पासमा गोल गर्दै खल बराबरी गरे । ३६ औँ मिनेटमा मोहमद शालाहले पेनाल्टीको रिबाउन्डमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
यो सिजन ३.५ करोड पाउन्डमा ब्राइटनबाट अनुबन्ध भएका म्याक एलिस्टरले ५८ औँ मिनेटमा रातो कार्ड पाएपछि लिभरपुल दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेको थियो । तर, जोटाले ६२ औँ मिनेटमा तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
पहिलो खेलमा चेल्सीसँग १–१ को बराबरी खेलेको लिभरपुलको दुई खेलबाट ४ अंक रहेको छ । बार्नेमाउथले भने एक अंक मात्र बटुलेको छ । उता लगातार दोस्रो खेलमा जीत निकाल्दै ब्राइटन लिगको शीर्ष स्थानमा रहेको छ । ब्राइटनले वूल्भ्सलाई ४–१ गोलले हरायो । त्यस्तै, ब्रेन्टफोर्डले फुलहमलाई ३–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण