साढे १७ हजार नक्कली नोटसहित एक युवक पक्राउ
आइतबार, ०३ भदौ २०८०, ०९ : ४२
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३७ वर्षीय रोशन चौधरी रहेका छन् । उनको साथबाट प्रहरीले ५ सय रुपैयाँ दरका ३५ वटा नोट बरामद गरेको छ ।
शनिबार दिउँसो २ बजे स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा सोही ठाउँका रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको प्रहरीलाई सूचना पुगेको थियो ।
त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण