मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माण्डु हाइड्रोपावरले २०६ रुपैयाँ दरका १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्ने

आइतबार, ०३ भदौ २०८०, १२ : १७
आइतबार, ०३ भदौ २०८०

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले भदौ १० गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरका कूल १३ लाख ६ हजार ३ सय ६ कित्ता सेयर जारी गर्ने भएको हो । 

कूल निष्काशित मध्ये २८ हजार ८ सय ५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर सर्वसाधारणले पाउने छन् । 
यसअघि कम्पनीले जारी पुँजीको १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । 
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

भदौ १० गते खुल्ने आईपीओमा सर्वसाधारण लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयमा सबै सेयर बिक्री नभएमा भने भदौ २४ गतेसम्म आईपीओ बिक्री खुला राखिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप