माण्डु हाइड्रोपावरले २०६ रुपैयाँ दरका १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्ने
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले भदौ १० गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरका कूल १३ लाख ६ हजार ३ सय ६ कित्ता सेयर जारी गर्ने भएको हो ।
कूल निष्काशित मध्ये २८ हजार ८ सय ५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर सर्वसाधारणले पाउने छन् ।
यसअघि कम्पनीले जारी पुँजीको १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
भदौ १० गते खुल्ने आईपीओमा सर्वसाधारण लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयमा सबै सेयर बिक्री नभएमा भने भदौ २४ गतेसम्म आईपीओ बिक्री खुला राखिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण