व्यापार
प्याज निर्यातमा भारतको कडाइ, निर्यातकर्ताले ४० प्रतिशत कर तिर्नुपर्ने
आइतबार, ०३ भदौ २०८०, १४ : ४०
काठमाडौँ । भारतले विदेश निर्यात हुने प्याजमा ४० प्रतिशत कर लगाएको छ । भारतको वित्त मन्त्रालयले एक सूचना जारी गर्दै प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।
वित्त मन्त्रालयले गरेको नयाँ व्यवस्था डिसेम्बर ३१, २०२३ सम्म कायम रहनेछ । उपभोक्ता सचिव रोहितकुमार सिंहका अनुसार आन्तरिक आपूर्ति प्रणाली सुधार गर्नका लागि प्याज निर्यातमा ४० प्रतिशत कर लगाइएको हो ।
अहिले भारतको आन्तरिक बजारमा प्याजको मूल्य प्रतिकिलो ३०.७२ भारु रहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा २०.७५ प्रतिशतले बढी हो । गत वर्ष प्याजको मूल्य प्रतिकिलो २५.४४ भारु कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण