संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संसद् तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गरे ।
देश र जनताको कुरा भएकाले संसद् बैठक छिटोभन्दा छिटो सुचारु गराइनुपर्ने नेता कोइरालाको भनाइ थियो । ‘संसद् छिटोभन्दा छिटो चल्नुपर्छ । अब पर्सी बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन । यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद् चल्नुपर्छ’ कोइरालाले भने, ‘म एउटा सांसद हो नेपाली कांग्रेसको । हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ । उहाँहरूले कोअर्डिनेट गर्ने कुरा हो । सरकारले कोअर्डिनेट गर्ने कुरा हो । हामीहरू त आउँछौँ । संसद् चलाउनुपर्यो ।’
उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद् बैठक भने सुचारु गराउनुपर्ने बताए ।
‘यो दुनियाँको नियम हो, संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने । अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भन्ने’ कोइरालाले भने, ‘तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौँ । यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि । ’
नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिन नहुने दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण