आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले भन्यो–अनुसन्धानलाई प्रभावित नहुनेगरी उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ

आइतबार, ०३ भदौ २०८०, १६ : ४२
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ । 

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताएका हुन् । 

गिरीले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत् रहेको पनि बताए । उनले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । 

गिरीले सरकारको अकर्मण्यताका कारण संसद् अवरुद्ध भएको जिकिर गरे । सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सीआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताए ।

गिरीले सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजनेस अगाडि बढाउन नसकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप