एमालेले भन्यो–अनुसन्धानलाई प्रभावित नहुनेगरी उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ
काठमाडौँ । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताएका हुन् ।
गिरीले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत् रहेको पनि बताए । उनले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
गिरीले सरकारको अकर्मण्यताका कारण संसद् अवरुद्ध भएको जिकिर गरे । सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सीआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताए ।
गिरीले सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजनेस अगाडि बढाउन नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण