बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सनी देओलले हेमा मालिनीको भिडियो सेयर गरे, छोराका लागि श्रीमतीको तारिफ सुनेर खुसी भए धर्मेन्द्र

आइतबार, ०३ भदौ २०८०, १७ : ०१
आइतबार, ०३ भदौ २०८०

धर्मेन्द्रको पहिलो विवाहबाट जन्मिएका सन्तानसँग हेमा मालिनीको सम्बन्ध कस्तो छ भनेर जान्न धेरै मानिस उत्सुक छन् । अब हालै सोसल मिडियामा जे सार्वजनिक भएको छ, त्यो देखेर धेरैलाई चैन पनि मिलेको छ होला । सनी देओलले सोसल मिडिया इन्स्टाग्राममा हेमा मालिनीको एउटा भिडियो पोस्ट गरेका छन् जसमा उनले सनीको गदर टु र उनको मज्जाले तारिफ गरेकी छिन् ।

सनी देओलको फिल्म ‘गदर २’ ले यतिबेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ । यो फिल्म ब्लकबस्टर साबित भएको छ । धर्मेन्द्रकी कान्छी श्रीमती हेमा मालिनीले पनि फिल्म रिलिजको ९औँ दिनमा ‘गदर २’ हेरेकी थिइन् । हेमा सिनेमा हलबाट निस्किनेबित्तिकै फिल्म र सन्नीको तारिफ गर्नबाट आफूलाई रोक्न सकिनन् । यो फिल्मका लागि हेमा मालिनीले सनी देओलको खुलेर प्रशंसा गरेकी छिन् । सनीले पनि हेमाको यही भिडियो आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेका हुन् । यसबाट स्पष्ट हुन्छ कि उनीहरूको आपसी सम्बन्धले पुरानो तिक्तता बिर्सिसकेको छ र अहिले सम्बन्ध सुमधुर छ ।

Capture‘गदर २’ बारे हेमा मालिनीको अभिव्यक्ति सुनेर धर्मेन्द्र खुसी देखिन्छन्

उता धर्मेन्द्र पनि  ‘गदर २’ बारे हेमा मालिनीको अभिव्यक्ति सुनेर निकै खुसी देखिन्छन् । धर्मेन्द्रले ‘गदर २’ बारे इन्स्टा स्टोरीमा धेरै पोस्ट गरेका छन्, जसमध्ये एउटा भिडियो हेमा मालिनीको पनि छ । हेमाले सनी र उनको फिल्मको तारिफ गरेको देखेर धर्मेन्द्र मक्ख परेको जस्तो देखिन्छ । 

Capture1‘गदर २ हेरेर निस्किरहेकी छु, फिल्म असाध्यै राम्रो लाग्यो’

हेमाले फिल्मको खुलेर प्रशंसा गरेकी छिन् । उनले भनिन्, ‘गदर २ हेरेर बाहिर निस्किरहेकी छु । फिल्म मन पर्‍यो ।’

उनले फिल्मबाट जस्तो अपेक्षा गरेकी थिइन् त्यस्तै पाएको बताइन् । उनले थपिन्, ‘यो असाध्यै रोचक फिल्म हो । यस्तो लागिरहेको थियो कि फिल्मले सत्तरी र अस्सीको दशकको समयलाई चित्रित गरिरहेको छ । अनिल शर्माजीले निकै राम्रोसँग फिल्म निर्देशन गरेका छन् र सनी शानदार देखिएका छन् । उत्कर्ष शर्माले पनि धेरै राम्रो अभिनय गरेका छन् । नयाँ केटी जो छिन् नि उनले पनि राम्रो प्रदर्शन गरेकी छिन् । फिल्मले भारत र पाकिस्तान दुबैका लागि राम्रो सन्देश दिएको छ । ’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप