त्रिवि सेवा आयोगका अध्यक्षलाई ९ बुँदे माग पत्र पेस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईलाई कर्मचारीहरूले ९ बुँदे माग पेस गरेका छन् । त्रिवि कर्मचारी संघले नवनियुक्त अध्यक्ष भट्टराईलाई बधाई ज्ञापन गर्दै ९ बुँदे मागपत्र पेस गरेको हो ।
नवनियुक्त अध्यक्ष आएपछि रोकिएका सम्पूर्ण काम कारबाहीले पूर्णता पाउनेमा विश्वस्त रहेको संघको भनाइ छ ।
संघका अध्यक्ष छत्रबहादुर कार्कीले विश्वविद्यालयलाई आवश्यक पर्ने दक्ष योग्य जनशक्ति छनौट गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको आयोगले गर्ने कामकारबाहीप्रति विश्वास गर्न लायक हुने अपेक्षा रहेको बताए ।
संघले त्रि.वि. कार्यकारी परिषदबाट विज्ञापनका लागि पठाई सकिएको श्रेणी विहीन कर्मचारीहरूको विज्ञापन यथाशीघ्र प्रकाशित गर्नुपर्ने माग राखेको छ । त्यस्तै विज्ञापन नम्बर १८ सँग सम्बन्धित पुस्तकालय अधिकृत लगायत पदमा अन्तरवार्ता समेत भएर नतिजा प्रकाशन गर्न मात्र रोकिएका पदहरूको यथाशीघ्र नतिजा प्रकाशित गर्न समेत माग गरेको छ ।
त्यस्तै सवारी चालकहरूको प्रयोगात्मक परीक्षा सम्पन्न भइसकेको र कुनै विवादमा नभएको परीक्षा समेत विना कारण रोकिएकोले तुरुन्त नतिजा प्रकाशित गर्न समेत माग गरेको छ । त्रि.वि. सेवा आयोगले वार्षिक कार्य योजनासहितको विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनको कार्य तालिका नै बनाएर काम अघि बढाइनुपर्ने लगायतका माग रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
'तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?' भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण