काभ्रेमा शेयर बजार प्रशिक्षण
काभ्रे । काभ्रेमा शेयर बजार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नेपाल प्रहरी स्कुल, साँगामा शेयर मार्केट सम्बन्धी २८० जनालाई प्रशिक्षण दिइएको हो ।
इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कुल साँगाको संयुक्त आयोजनामा भएको कार्यक्रममा शेयर बजार सम्बन्धी जानकारी दिइनुका साथै कार्यक्रम स्थलमै सहभागीहरुको डिम्याट खातासमेत खोलिएको थियो । कार्यक्रमले वित्तीय साक्षरता र जागरूकताको प्रसारका जानकारीहरु दिइएको थियो ।
तालिमका सहभागीहरुलाई सचिन सिलवाल, शिव चन्द र श्रीहरि कार्कीले शेयर बजारको परिप्रेक्षक, निवेश रणनीतिहरू र सुस्त वित्तीय निर्णयहरूबारे प्रशिक्षण प्रदान गरेका थिए । युवाहरुमा शेयर बजारबारे जानकारी दिन, बजारको अवस्थाबारे जानकार रहन मद्दत मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण