सिरहामा एसईई परीक्षाको समाचार संकलनमा रोक
शुक्रबार, ०९ चैत २०७४, १० : ३७
सिरहा । जारी मध्यमिक शिक्षा परीक्षा (एसईई) को समाचार संकलन गर्न सिरहामा संचारकर्मीहरुलाई रोक लगाईएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
बिहीबार पहिलो दिन संचालन भएको परीक्षाको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई जिल्लाका बिभिन्न परीक्षा केन्द्रहरुमा रोक लगाईएको नेपाल पत्रकार महासंघ सिरहा शाखाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ ‘परीक्षाका क्रममा संस्थागत बिद्यालय सञ्चालकबाट स्थानीय प्रहरी, प्रशासन, जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु तथा केन्द्राध्यक्षलाई प्रभाव पारी परीक्षा अमर्यादित बनाएको बिगतको अनुभब ताजै छ ।’
एसईई परीक्षामा संचारकर्मीहरुलाई समाचार संकलनमा रोक लगाएर परीक्षा अमर्यादीत भएको बुझ्न सकिने पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर गुप्ताले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' [तस्बिर]
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण