सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुष भन्दा महिला निर्देशक सहज : स्वस्तिमा  खड्का

सोमबार, ०४ भदौ २०८०, १० : ४७
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले पुरुष निर्देशक भन्दा महिला निर्देशकसँग काम गर्न झनै सजिलो महसुस गरेको बताएकी छन् ।  मेकअप, हेयर, पात्र निर्माणदेखि ड्रेससम्म पुरुषका तुलना महिला निर्देशकको सहभागिता बढी सहज हुने उनको भनाइ थियो ।

‘पुरुष निर्देशकको मेकअप, हेयरदेखि ड्रेससम्म सहभागिता कम हुन सक्छ’, उनले भनिन् ‘फिल्म मेकिङमा भने मेल र फिमेल भनेर हेर्नु उचित पक्कै होइन ।’

स्वस्तिमा भदौ १४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐँचो पैँचो’ को प्रचारप्रसारमा दौडिरहेकी छन् । यही सिलसिलामा उनले फिल्मको भूमिका छनौटको विषयमा पनि कुरा गरेकी छन् ।

पछिल्लो समय फिल्ममा फरक फरक भूमिकामा देखिँदै आएकी स्वस्तिमाले फरक भूमिका छनौट गर्नु एउटै नअल्झिनु रहेको बताइन् । ‘दर्शकले आफूलाई कुटुमा कुटु र बुलबुलकी कलाकार भनेर मात्र नचिनोस् भन्ने छ’, उनले थपिन् ‘त्यही भएर म फरक फरक भूमिकामा देखिँदै आएको छु ।’

‘ऐँचो पैँचो’ अभिनेत्री समेत रहेकी कृषा चौलागाइले निर्देशन गरेकी हुन् । कृषाको यो निर्देशनमा डेब्यु फिल्म हो । डेब्यु फिल्मको रिजल्ट जे भए पनि आफ्नो निर्देशन यात्रामा केही फरक नपर्ने उनले बताइन् ।

अभिनेता मकुनु भुसालले फिल्म उद्योग किराना पसलजस्तो नभएको बताए । बलिउड फिल्म ‘पठान’मा सलमानले शाहरुख खानलाई साथ दिँदा व्यापार सफल भएजस्तै नेपालमा पनि अव कलाकार हुन् वा मेकर सबैले एक अर्काको फिल्मलाई साथ दिने बेला भएको बताए ।

‘एकअर्काले साथ दिने हो भने फिल्मको बजार फस्टाउन गाह्रो हुँदैन । कलाकारको इगोले फिल्म बजार बिग्रिएको जस्तो पनि लाग्छ’ भुसालले थपे ।

फिल्ममा स्वस्तिमा खड्का, मकुनु भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रविन्द्र झा, सुमन मोटेको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायाङ्कन, विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यू निरवीको कथा र कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्म प्रीतम लामिछाने र आध्या लामिछानेले निर्माण गरेका हुन् । विशाल चौलागाईं फिल्मका सह निर्मातामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप