थोक मूल्यमै प्रतिकिलो १७ रुपैयाँ बढ्यो प्याज
काठमाडौँ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको थोक मूल्य किलोमै १७ रुपैयाँले बढेको हो ।
यससँगै, आज कालिमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ । हिजो कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ थियो । नेपालमा आयात हुने करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाटै आउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो ।
यस्तै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १२५ रुपैयाँ, सानो गोलडेको मूल्य १५५ रुपैयाँ, रातो आलुको मूल्य ५१ रुपैयाँ छ । यसबाहेक, गाजर ११६ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ भने काउली ८८ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, डल्ले भन्टा ८५ रुपैयाँ र बोडी ११० रुपैयाँ छ ।
यस्तै, तिते करेला ८६ रुपैयाँ थोक मूल्यमा बिक्री हुँदा लौका ७६ रुपैयाँ, परवर ६५ रुपैयाँ र घिरौलाको थोक मूल्य ४६ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण