आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीका एक अधिकारीमाथि नाबालिग बलात्कारको आरोप, केजरीवालले दिए निलम्बनको आदेश

सोमबार, ०४ भदौ २०८०, १२ : ४५
सोमबार, ०४ भदौ २०८०

दिल्लीका एक अधिकारीमाथि नाबालिग बलात्कारको आरोप लागेको छ । प्रहरीले यसबारे जानकारी दिएको हो । 

प्रहरीका अनुसार पीडितका बुबा आरोपीका साथी थिए । पीडितका बाबुको मृत्यु भइसकेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अभियुक्त अधिकारीलाई निलम्बन गर्न आदेश दिएका छन् र मुख्य सचिवसँग साँझ ५ बजेसम्ममा रिपोर्ट माग गरेका छन् ।

यसअघि दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले यो कुरा उठाएकी थिइन् । उनले यसबारे दिल्ली प्रहरीमाथि प्रश्न उठाएकी थिइन् र प्रहरीलाई नोटिस जारी गरिएको बताएकी थिइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप