समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलले बहस गर्न जरुरी : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरी रहेको बताएका छन् ।
स्कुल अफ डेमोक्रेसीले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रममा उनले राजनीतिक दलहरुले सत्तामा नभई संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्रबारे बहस गर्न केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले आजको समाजवादबारे सार्थक बहस गर्न स्वर्गीय प्रदीप गिरीको चिन्तन उपयोगी हुने विश्वास समेत व्यक्त गरे । उनले नेपाली राजनीतिमा बौद्धिकताको खडेरी परिरहेका बेला स्वर्गीय गिरीले दिएको अभिव्यक्ति, लेखहरु नेपालको समाजवाद उन्मुख अर्थतन्त्रलाई अगाडि बढाउन मार्ग निर्देश हुने समेत बताए ।
उपमहासचिव ज्ञवालीले नेपालका राजनीतिक नेतृत्वमा स्खलन आइरहेका बेला पनि स्वर्गीय गिरीको असाध्यै आदर्शवान व्यक्तित्व भनि स्मरण गरे ।
उपमहासचिव ज्ञवालीले प्रदीप गिरीको आदर्श र विचारले मुलुकको राजनीतिलाई निर्देश गरिरहेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्न ज्वालाको माग
-
धितोपत्र बोर्डले आइपीओ स्वीकृति दिन कमिसन मागेकोबारे छानबिन गर्न माओवादीको माग
-
नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा शिक्षक महासङ्घको आपत्ति
-
सुदूरपश्चिम संसदीय दलको विवाद अझै मिलेन, प्रचण्डले फेरि बोलाए खुमलटार
-
अब कम्पनीको विवरण अद्यावधिक गराउँदा वास्तविक सेयर धनी घोषणा गर्नुपर्ने
-
सेनाले बसपार्कको जग्गामा दाबी छाड्नुपर्छ