नैतिकता र मूल्यको राजनीतिमा डरलाग्दो विघटन देखियो : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नैतिकता र मूल्यको राजनीतिमा डर लाग्दो विघटन देखिएको बताएका छन् । काठमाडौँको प्रज्ञाभवनमा स्कुलअफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा सोमबार आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रम उनले यस्तो बताएका हुन् ।
‘आदर्श, नैतिकता र मूल्यको राजनीतिको डर लाग्दो विघटन देखिएको छ । चिन्तक नेता नहुँदा त्यो चिन्तन कार्यान्वयन नहुने र प्रायः चिन्तकहरु स्वाभिमानी हुने यस्तो लफडामा बढ्न नचाहने पनि देखियो,’ उनले भने । वैद्धिकताको खडेरी परेको बेला स्वर्गीय प्रदीप गिरिका विचारहरुले सन्दर्भ र मार्गदर्शनको काम गर्ने ज्ञवालीले बताए ।
गिरिका विचारका लिगेसीहरुलाई परिभाषित गरेर आजको राजनीतिसँग जोड्न सक्यौँ भने उनीप्रति साँचो सम्मान गरेको ठहरिने उनको भनाइ छ । उनले भने, ‘लोकतन्त्रका लागि सम्झौताहीन र अभिश्रम योद्धा हुनुहुन्थ्यो । लोकतन्त्र संकटमा पर्दा स्थापित भनिएका मान्छे आस्थाबाट डगमगाउँदा रहेछन् । हामीले नेपाली कांग्रेसका कयौं भने डगमगाएको देखौं । नेपाली कम्युनिस्ट आन्दोलनका थुप्रै नेता देखौं । तर, प्रदीप गिरिले लोकतन्त्रप्रतिको निष्ठालाई डगमगाउन दिनु भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण