प्रिमियम मूल्यमा खुल्यो भगवती हाइड्रोवरको आईपीओ
काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओको बिक्री खुलाएको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत सेयर बिक्री खुलाएको हो ।
जारी पुँजीको १५ प्रतिशतका दरले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयर बिक्री खुलाइएको छ । प्रतिकित्ता १०० रुपैयाँको यो सेयरमा १६ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ११६ रुपैयाँमा बिक्री खुलाइएको हो । छुट्टाइएको सेयरमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई ८५ हजार ८१० कित्ता सेयर बिक्री भइसकेको छ ।
यस्तै, ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १७ हजार १६२ कित्ता सेयर कर्मचारीका लागि छुट्टाइएको थियो । बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण