सुन तस्करी प्रकरणबारे मस्यौदा समितिको बैठक बस्दै
काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मस्यौदा समितिको बैठक बस्दै छ । मङ्गलवार दिउँसो १२ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मस्यौदा समितिको बैठक बस्न लागेको हो ।
मस्यौदा समितिमा सदस्य रमेश लेखकले भने, ‘ उच्चस्तरीय छानबिन समितिको कार्यादेश र संरचनाबारे छलफल हुन्छ । हामीले त्यसको मस्यौदा तयार पार्छौँ ।’
सोमबार बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थिए । बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मा एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई दिइएको थियो ।
समितिले तयार पारेको मस्यौदामा २ बजे शीर्ष नेताहरूको हस्ताक्षर गर्ने बुझिएको छ । त्यसपछि ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति प्रमुख दलहरुबीच सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण