बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

मङ्गलबार, ०५ भदौ २०८०, ११ : ५३
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीको तयारी छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि एकीकृत समाजवादी पार्टीको महाधिवेशन हुन सकेको छैन । 

बैठकमा पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गर्नेछन् । अध्यक्ष माधवकुमार नेपालले यसअघि बसेका सचिवालय, स्थायी र पोलिटब्युरो सदस्यहरूले दिएको सुझावका आधारमा वैचारिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यस्तै महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । दुवै प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि बैठकले महाधिवेशनको मिति तोक्ने उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

खतिवडाका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ गतेसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप