एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीको तयारी छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि एकीकृत समाजवादी पार्टीको महाधिवेशन हुन सकेको छैन ।
बैठकमा पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गर्नेछन् । अध्यक्ष माधवकुमार नेपालले यसअघि बसेका सचिवालय, स्थायी र पोलिटब्युरो सदस्यहरूले दिएको सुझावका आधारमा वैचारिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यस्तै महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । दुवै प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि बैठकले महाधिवेशनको मिति तोक्ने उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण