राजनीति
रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा
मङ्गलबार, ०५ भदौ २०८०, १५ : ३०

काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेस ८ जना मन्त्रीबीच सामूहिक छलफल भइरहेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व भइरहेको छलफलमा कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य सहभागी छन् ।
अर्थमन्त्री प्रकाशशरण महत क्यानडामा रहेकाले छलफलमा सहभागी छैनन् । एक मन्त्रीका अनुसार समसामयिक राजनीतिक विषय र कानुन निर्णयका विषयमा छलफल केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
-
संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण
-
प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै
-
कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
-
गल्ती भएका कुरामा सुध्रिन तयार छौँ : उपसभापति खड्का