प्रतिपक्षले सुनियोजित रुपले संसद् बैठक अवरोध गर्यो : सांसद मगर
मङ्गलबार, ०५ भदौ २०८०, १६ : २१
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद् बैठक अवरोध गरेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद् बैठक नियतवश र सुनियोजित रुपमा गरिरहेको बताएका हुन् । उनले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानूनहरु निर्माण गर्न नदिनका लागि संसद् बैठक अवरोध गरिएको बताए ।
सांसद मगरले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदापनि संसद् विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताए । प्रतिपक्षको अवरोधको कारण संसद् आफ्नो अधिकार र कर्तव्यबाट विमुख हुनुपरेको उनले बताए ।
उनले संसद् बैठक सुचारु गर्न सबैको ध्यान जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण