भारतबाट अवैध आयात हुने कुखुरा रोक्न गृहको निर्देशन
काठमाडौँ । भारतबाट अवैध आयात हुने कुखुरा रोक्न गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन गरेको छ । भदौ ३ गते गृह मन्त्रालयमा भएको सरोकारवाला पक्षसँगको छलफलपछि यस्तो निर्देशन गरिएको मन्त्रालयले जनाएको छ ।
खुला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा भइरहेको भन्दै व्यवसायीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गरेका थिए । सोही गुनासोका आधारमा मन्त्रालयले मंगलबार सीमास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखुराको आयात रोक्न निर्देशन दिएको हो ।
खुला सीमा नाकाबाट हुने गैरकानुनी पशुपन्छी जन्य वस्तुको ओसारपसार गरिए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले बताएको छ । यस्तो कार्यलाई रोक्न तत्काल सीमा क्षेत्रमा गस्ती बढाउने र अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम कारबाही गरिने समेत मन्त्रालयले सार्वजनिक सूचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण