ग्रीसमा डढेलोका कारण १८ जनाको मृत्यु
एथेन्स । उत्तरी ग्रीसको जङ्गलमा लागेको डढेलोका कारण मङ्गलबार १८ जना मानिस मृत फेला परेका छन् ।
उनीहरुको शव एलेक्जान्ड्रोपोलिस सहर नजिकै भेटिएको थियो । स्थानीय अधिकारीहरूले जनाएअनुसार उनीहरू आप्रवासीहरू हुन सक्ने सम्भावना रहेको छ । उनीहरू अवैध रूपमा देश प्रवेश गरेको हुनसक्ने ग्रीक राष्ट्रिय प्रसारक ईआरटीले उल्लेख गरेको छ।
अलेक्जान्ड्रोपोलिस नजिकको जङ्गलमा लागेको आगो चौथो दिन पनि नियन्त्रण बाहिर रहेको बताइएको छ।
सोमबार राति र मङ्गलबार बिहानै धुवाँको बाक्लो तुँवालोले ढाकेपछि नगरको अस्पताललाई पनि खाली गराइएको थियो । सो क्रममा बिरामीहरूलाई जहाजबाट अन्य अस्पतालहरूमा सारिएको ग्रीक राष्ट्रिय समाचार एजेन्सी एएमएएनएले जनाएको छ।
अलेक्जान्ड्रोपोलिस जङ्गलको आगो ग्रीक अग्नि नियन्त्रकहरूका लागि सबैभन्दा चुनौतीपूर्ण मध्ये एक हो। विगत २४ घण्टामा उनीहरूले देशभर ६५ वटा जङ्गलमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेका छन् ।
ग्रीसको राजधानी नजिकैको उत्तरपश्चिमी एटिका क्षेत्रमा मङ्गलबार फैलिएको दुईवटा ठूला डढेलाको जोखिमले बस्तीहरू खाली गर्दै सडकहरू बन्द गरिएको हो । तीव्र हावाले आगो निभाउने प्रयासलाई अझ कठिन बनाएको छ ।
यसै बीच रोमानिया र चेक गणतन्त्रका १०० भन्दा बढी अग्निनियन्त्रक र करिब २० सवारी साधनहरू पनि आगो निभाउन परिचालन गरिएका छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण