रु १ लाखको 'जेबी टुहुरे स्रष्टा सम्मान' पौडेललाई
काठमाडौँ। कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई 'जेबी टुहुरे स्मृति स्रष्टा सम्मान–२०८०’ बाट सम्मान गरिने भएको छ। जेबी टुहुरे फाउन्डेसनले रु १ लाख धनराशि सहित पौडेललाई सम्मान गर्ने निर्णय गरेको हो।
आगामी भदौ १० गते राष्ट्रिय नाचघर, काठमाडौँमा गरिने विशेष साङ्गतिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट पौडेललाई सम्मान गरिने फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताइन् । पौडेलले लेखेको ‘ मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुदो रैछ’ गीत जेबी टुहुरेले गाएका थिए ।
वरिष्ठ जनगायक जेबी टुहुरेको दोस्रो स्मृति दिवसको सन्दर्भमा आयोजना गरिने सोही कार्यक्रममा जेबी टुहुरेको सम्झनामा विभिन्न व्यक्ति र व्यक्तित्वका संस्मरणात्मक लेखहरूको सङ्गालो 'जेबी टुहुरे स्मृति ग्रन्थ' पनि सार्वजनिक गरिने टुहुरेले बताइन् ।
वि.स.२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको वाम लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन महत्त्वपूर्ण योगदान गरेका थिए । उनले गाएका ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरू कालजयी छन् । टुहुरेको २०७८ भदौ १० गते काठमाडौँको वयोधा अस्पतालमा निधन भएको थियो ।
जनगायक टुहुरेको स्मृतिमा जेबी टुहुरे फाउन्डेसनले गत वर्षदेखि स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ । गत वर्ष धरानमा आयोजित जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान कार्यक्रममा ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई उक्त सम्मान गरिएको थियो ।
संविधानसभाका सदस्य समेत रहेका वरिष्ठ जनगायक टुहुरेको सम्मानमा वि.स.२०७५ सालमा उनी जिवित हुँदै जेबी टुहुरे फाउन्डेसन स्थापना गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण