उच्चस्तरीय छानबिन आयोगले असोज ५ बाटै काम थाल्छ : रमेश लेखक
काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको छ ।
सात दलका तर्फबाट गरिएको दुई बुँदे सहमतिमा गत साउन २ गते बरामद भएको ६० केजी सुन र भेपमा लुकाएर ल्याएको सुन तस्करीबारे सीआइबीको अनुसन्धान जारी राख्दै असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ । सिंहदरबारमा भएको सहमतिपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी असोज ५ गते आयोग गठन गरेर त्यसै दिनबाट काम सुरु हुने बताए ।
‘आयोगलाई मुख्य तीनवटा टिओआर छन् । जसमा कानुनी र संरचनागत समस्या भए त्यसको समेत निराकरण गर्ने र पटक पटकका सुन तस्करीका घटनाको समेत छानबिन गरेर सुझाव प्रतिवेदन बुझाउने’, लेखकले भने, ‘आयोगको विस्तृत टिओआर नेपाल सरकारले तोक्छ ।’
एमालेका प्रमुख सचेतक पदम गिरीले आयोग कति सदस्य हुने कसको नेतृत्वमा बनाउने भन्ने कुरा दलहरुबीच छलफल गरेर टुङ्ग्याइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण