शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सुन प्रकरण

उच्चस्तरीय छानबिन आयोगले असोज ५ बाटै काम थाल्छ : रमेश लेखक

बुधबार, ०६ भदौ २०८०, १४ : २४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको छ ।

सात दलका तर्फबाट गरिएको दुई बुँदे सहमतिमा  गत साउन २ गते बरामद भएको ६० केजी सुन र भेपमा लुकाएर ल्याएको सुन तस्करीबारे सीआइबीको अनुसन्धान जारी राख्दै असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ । सिंहदरबारमा भएको सहमतिपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी असोज ५ गते आयोग गठन गरेर त्यसै दिनबाट काम सुरु हुने बताए । 

‘आयोगलाई मुख्य तीनवटा टिओआर छन् । जसमा कानुनी र  संरचनागत समस्या भए त्यसको समेत निराकरण गर्ने र पटक पटकका सुन तस्करीका घटनाको समेत छानबिन गरेर सुझाव प्रतिवेदन बुझाउने’, लेखकले भने, ‘आयोगको विस्तृत टिओआर नेपाल सरकारले तोक्छ ।’

एमालेका प्रमुख सचेतक पदम गिरीले आयोग कति सदस्य हुने कसको नेतृत्वमा बनाउने भन्ने कुरा दलहरुबीच छलफल गरेर टुङ्ग्याइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप