शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

बुधबार, ०६ भदौ २०८०, १४ : ५४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ ।  

देशको तथ्यांक निकाय क्यापमासले मंगलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । 

देशभर १२ लाख पुरुष र ९ लाख ४१ हजार महिलासहित २० लाखभन्दा बढी नागरिकहरु बेरोजगार रहेको बताइएको छ । ६१.८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेर समूहका छन् । 

गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ । इजिप्टको वार्षिक मुद्रास्फीति दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो ।-(सिन्ह्वा/न्युज एजेन्सी नेपाल) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप