गायक प्रकाश सपुत लन्डनमा
लन्डन । गायक प्रकाश सपूत बेलायत आइपुगेका छन् । बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा शुक्रवार बेलुका अल्डरसटको एम्पायर हलमा प्रस्तुति दिन उनी बुधवार बिहान लन्डन आइपुगेका हुन् ।
पहिलोपटक बेलायत आइपुग्दा गायक सपूतले आफू निकै खुसी र उत्साहित बनेको बताउँदै उनले भने, ‘गोर्खा सैनिकहरूले वीरता प्रदर्शन गरेको तथा नेपाली गीतसंगीतलाई माया गर्ने धेरै नेपालीको बसोबास रहेको देश भएकाले पनि धेरै पहिलेदेखि नै बेलायत आउने रहर थियो, तपाईँहरू मलाई भेट्न जति उत्साहित हुनुहुन्छ, म तपाईंहरुलाई भेट्न झन् बढी उत्साहित छु ।’
पछिल्लो पुस्ताका सर्वाधिक चर्चित गायक सपुतका थुप्रै गीतहरू लोकप्रिय छन् । ‘बोल माया’ गीतबाट चर्चाको शिखरमा पुग्न सफल गायक सपुतको पछिल्लो गीत ‘दमाई महाराज’ छोटो समयमा नै करोडको क्लबमा पुग्न लागेको छ । लोकप्रियताका साथै विवादमा पर्ने उनका गीतका बारेमा उनी भन्छन् ‘मैले समाजमा भएका वास्तविक गतिविधिलाई संगीतको माध्यमबाट उजागर गर्न खोजेको हो र भविष्यमा पनि त्यस्तै खालका गीतसंगीत पस्किँदै जानेछु ।‘
शुक्रबारको कार्यक्रममा सबैलाई निम्तो दिँदै उनले सबै पुस्तालाई मनोरञ्जन मिल्ने खालका साङ्गीतिक कोसेलीहरू प्रस्तुति गर्ने जानकारी गराए । बेलायतमा एउटा मात्र प्रस्तुति दिएर उनी नेपाल फर्किनेछन् ।
उनलाई स्वागत गर्न एनआरएनए यूके पूर्व प्रमुख संरक्षक शेर सुनार, आयोजक केप्लर इभेन्ट्सका अनिल मल्ल, मनसुदन थापा, मनोज गुरुङलगायतका व्यक्तिहरु लन्डन हिथ्रो विमानस्थल पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण