संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गरी हिरासतमा किन नराखेको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही ( ज्ञानेन्द्र)ले बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने काम भएको भन्दै आपत्ति जनाएका छन् । सो प्रकरणमा २३८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा कसैलाई विमानस्थल र कसैलाई निवासबाट पक्राउ गर्दा उनीहरूलाई भने पक्राउ नगरेकोप्रति आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले देशमा दुईवटा कानुन भएको भन्दै कटाक्ष गरे ।
‘बिडम्बना निर्णय गर्ने ठालु(मालिक)लाई कानुन नै नलाग्ने, प्रहरी हिरासतमा बस्नै नपर्ने कानुन बनाइन्छ भने सडक आन्दोलन गरिन्छ’, उनले भने, ‘पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखि अनुसन्धन किन नगरेको ?’
केन्द्रीय अनुसन्धान ब्युरोले सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव कुमार नेपाललाई पक्राउ नगरी बयान मात्रै गराएको थियो । यसैगरी विजय गच्छदारसहितका केही व्यक्तिहरुमाथि पुर्जी जारी हुँदा समेत पक्राउ गरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध