संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गरी हिरासतमा किन नराखेको ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही ( ज्ञानेन्द्र)ले बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने काम भएको भन्दै आपत्ति जनाएका छन् । सो प्रकरणमा २३८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा कसैलाई विमानस्थल र कसैलाई निवासबाट पक्राउ गर्दा उनीहरूलाई भने पक्राउ नगरेकोप्रति आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले देशमा दुईवटा कानुन भएको भन्दै कटाक्ष गरे ।
‘बिडम्बना निर्णय गर्ने ठालु(मालिक)लाई कानुन नै नलाग्ने, प्रहरी हिरासतमा बस्नै नपर्ने कानुन बनाइन्छ भने सडक आन्दोलन गरिन्छ’, उनले भने, ‘पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखि अनुसन्धन किन नगरेको ?’
केन्द्रीय अनुसन्धान ब्युरोले सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव कुमार नेपाललाई पक्राउ नगरी बयान मात्रै गराएको थियो । यसैगरी विजय गच्छदारसहितका केही व्यक्तिहरुमाथि पुर्जी जारी हुँदा समेत पक्राउ गरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण