सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप यादवको प्रश्न : हवाई र स्थलमार्गको भन्सार करमा विभेद किन ?

बुधबार, ०६ भदौ २०८०, १७ : २४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । जसपाका सांसद प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने नियम व्यवहारिक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो नियमलाई परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

हवाई मार्ग भएर आउनेहरूका लागि २–३ लाखको मोबाइलमा समेत कर नलगाउने गरिएको भन्दै स्थलमार्गबाट १ सयभन्दा बढी मूल्यको सामानमा कर लगाइनु व्यवहारिक नभएको उनको भनाइ थियो ।

‘हवाईमार्ग भएर आउने नेपालीले २ –३ लाखको मोबाइल सहजै ल्याउन सक्छन् । तर स्थलमार्गबाट १ सयभन्दा महंगो सामान ल्याउँदा कर लगाइन्छ । किन यस्तो विभेद्‍ ? यसले सीमा क्षेत्रमा समस्या निम्त्याएको छ,’ यादवले भने ।

भन्सारमा आयात कडाइ गरिँदा स्थानीय स्तरमा झगडा लगायत समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो । साथै सीमा क्षेत्रका बासिन्दालाई हरेक दिन सीमापार गरी भारत आउजाउ गरिरहनुपर्ने भन्दै उनले सीमा कडाइको सवालमा व्यवहारिक बन्नुपर्ने बताए । 

यसैबीच मधेसका हस्पतालहरूमा डेंगीका बिरामीले शय्या भरिएको  भन्दै अस्पतालमा शय्या बढाउन पहल गर्नुपर्ने सांसद यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप