प्रदीप यादवको प्रश्न : हवाई र स्थलमार्गको भन्सार करमा विभेद किन ?
काठमाडौँ । जसपाका सांसद प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने नियम व्यवहारिक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो नियमलाई परिमार्जन गर्नुपर्ने बताएका हुन् ।
हवाई मार्ग भएर आउनेहरूका लागि २–३ लाखको मोबाइलमा समेत कर नलगाउने गरिएको भन्दै स्थलमार्गबाट १ सयभन्दा बढी मूल्यको सामानमा कर लगाइनु व्यवहारिक नभएको उनको भनाइ थियो ।
‘हवाईमार्ग भएर आउने नेपालीले २ –३ लाखको मोबाइल सहजै ल्याउन सक्छन् । तर स्थलमार्गबाट १ सयभन्दा महंगो सामान ल्याउँदा कर लगाइन्छ । किन यस्तो विभेद् ? यसले सीमा क्षेत्रमा समस्या निम्त्याएको छ,’ यादवले भने ।
भन्सारमा आयात कडाइ गरिँदा स्थानीय स्तरमा झगडा लगायत समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो । साथै सीमा क्षेत्रका बासिन्दालाई हरेक दिन सीमापार गरी भारत आउजाउ गरिरहनुपर्ने भन्दै उनले सीमा कडाइको सवालमा व्यवहारिक बन्नुपर्ने बताए ।
यसैबीच मधेसका हस्पतालहरूमा डेंगीका बिरामीले शय्या भरिएको भन्दै अस्पतालमा शय्या बढाउन पहल गर्नुपर्ने सांसद यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण