आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्छ : मेटमणि चौधरी

बुधबार, ०६ भदौ २०८०, १७ : ४०
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले विभिन्न प्रकरणमा सत्ता पक्ष र विपक्ष जोसुकै जोडिएको भएपनि कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले नक्कली शरणार्थी, ललिता निवास, सुन, गिरिबन्धु ‘टि स्टेट’ र ओम्नी प्रकरणको फाइल अगाडि बढाउन सुझाव दिँदै उनले जोसुकै संलग्न भएपनि  कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

‘नक्कली शरणार्थी, ललिता निवास, सुन जुनसुकै प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष जोसुकै संलग्न भएपनि सरकारले छानबिनको दायरामा ल्याएर कारबाही गरोस्’, उनले भने । 

सुशासनको पक्षमा सरकारले चालेको काम प्रशंसनीय रहेको जिकिर गर्दै उनले सरकारको कदमलाई साथ रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप