भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्छ : मेटमणि चौधरी
बुधबार, ०६ भदौ २०८०, १७ : ४०
काठमाडौँ । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले विभिन्न प्रकरणमा सत्ता पक्ष र विपक्ष जोसुकै जोडिएको भएपनि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले नक्कली शरणार्थी, ललिता निवास, सुन, गिरिबन्धु ‘टि स्टेट’ र ओम्नी प्रकरणको फाइल अगाडि बढाउन सुझाव दिँदै उनले जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
‘नक्कली शरणार्थी, ललिता निवास, सुन जुनसुकै प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष जोसुकै संलग्न भएपनि सरकारले छानबिनको दायरामा ल्याएर कारबाही गरोस्’, उनले भने ।
सुशासनको पक्षमा सरकारले चालेको काम प्रशंसनीय रहेको जिकिर गर्दै उनले सरकारको कदमलाई साथ रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण