शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

महिनौसम्म संसद अवरोध गर्नेमाथि गम्भीर छानबिन हुनुपर्छ : केसी

बुधबार, ०६ भदौ २०८०, १८ : ०३
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले महिनौ संसद अवरोध गर्नेमाथि गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् । जनताले अत्यन्तै कष्ट भोगिरहेको अवस्थामा महिनौसम्म संसद बन्द गराएकोमा उनले आपत्ति जनाएका हुन् । 

‘संसद खुलेकोमा हामी यहाँ बधाई दिइरहेका छौं । कसले बन्द गरायो ? किन गरायो ? त्यसको गम्भीर छानबिन हुनुपर्छ’, बुधबार संसद बैठकको विशेष समयमा उनले भने । 

नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्नेहरू, ललिता निवासको जग्गा बिक्री गर्नेहरू, नेपालको भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टचारको केन्द्र बनाउनेहरू संसदमै भएको र सत्ता चलाउनेहरू नै संलग्न भएको केसीले आरोप लगाए । 

‘बाढी पहिरोले जनता मरिरहेका छन् । महंगीले ढाड सेकिरहेको छ’, सभामुखको ध्यानाकर्षण गराउँदै उनले प्रश्न उठाए, ‘संसदमा त्यसबारे बोल्नुपर्ने होइन र ? नक्कली शरणार्थी, ललिता निवास लगायतको विषयमा छलफल गर्नुपर्ने होइन ?’

त्यस्तै बाढी पहिरोबाट पीडितहरूलाई उद्धार र राहत दिनसमेत सभामुखमार्फत् उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप