महिनौसम्म संसद अवरोध गर्नेमाथि गम्भीर छानबिन हुनुपर्छ : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले महिनौ संसद अवरोध गर्नेमाथि गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् । जनताले अत्यन्तै कष्ट भोगिरहेको अवस्थामा महिनौसम्म संसद बन्द गराएकोमा उनले आपत्ति जनाएका हुन् ।
‘संसद खुलेकोमा हामी यहाँ बधाई दिइरहेका छौं । कसले बन्द गरायो ? किन गरायो ? त्यसको गम्भीर छानबिन हुनुपर्छ’, बुधबार संसद बैठकको विशेष समयमा उनले भने ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्नेहरू, ललिता निवासको जग्गा बिक्री गर्नेहरू, नेपालको भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टचारको केन्द्र बनाउनेहरू संसदमै भएको र सत्ता चलाउनेहरू नै संलग्न भएको केसीले आरोप लगाए ।
‘बाढी पहिरोले जनता मरिरहेका छन् । महंगीले ढाड सेकिरहेको छ’, सभामुखको ध्यानाकर्षण गराउँदै उनले प्रश्न उठाए, ‘संसदमा त्यसबारे बोल्नुपर्ने होइन र ? नक्कली शरणार्थी, ललिता निवास लगायतको विषयमा छलफल गर्नुपर्ने होइन ?’
त्यस्तै बाढी पहिरोबाट पीडितहरूलाई उद्धार र राहत दिनसमेत सभामुखमार्फत् उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण