संसदमा मन्त्री नदेखेपछि सूर्य थापाले भने–‘सदनको घनघोर अपमान भो’
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा सरकारका प्रधानमन्त्री, मन्त्री सहभागी नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा सभामुखको ध्यानाकर्षण गराउँदै थापाले संसदमा मन्त्रीको उपस्थिति नहुनु घनघोर अपमान भएको टिप्पणी गरेका छन् ।
उनले भने–‘सरकार हरायो सभामुख महोदय, सरकार खोजीपाँउ । मन्त्रीहरू बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन । प्रतिनिधि सभा नियमावली अन्तर्गत म सभामुख महोदयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, प्रधानमन्त्री र २५ जना मन्त्रीहरू मध्ये १ जना पनि यो सदनमा नदेखिनु यो घनघोर अन्याय हो, अपमान हो यो सदनको म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद थापाले ध्यानाकर्षण गराउँदा गराउँदै राज्यमन्त्री नन्दा चपाई सभाहलमा प्रवेश गरेकी थिइन । सभामुख घिमिरेले मन्त्री बैठकमा आइसकेकोले अब बैठक नियमित अगाडि बढ्ने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण