अन्तिम दिन ३१ अंकले घटेर नेप्से बन्द, १ अर्ब ५५ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम दिन नेप्से सूचक ३१ अंकले घटेर बन्द भएको छ । अघिल्लो तीन दिन लगातार बढेको नेप्से सूचक बिहीबार ३१ अंकमाथिले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३१.५२ अंकले घटेर २ हजार १३.९३ अंकको विन्दुमा ओर्लिएको छ भने १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.९२ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक २.५० प्रतिशतले, डेभलपमेन्ट बैंक २.२३ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स २.२२ प्रतिशतले र लाइफ इन्स्योरेन्स २.१४ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।
आज पनि कुथेली बुखाहारी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको भने मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण