स्ववियु पुल्चोकले माइतीघरमा प्रदर्शन गर्ने
काठमाडौँ । शुल्क वृद्धिको विरोधमा पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियुले माइतीघरमा प्रदर्शन गर्ने भएको छ । स्ववियु पुल्चोकले शुक्रबार दिउँसो १२ बजेदेखि क्याम्पसबाट हिँडेर माइतीघरसम्म पुगेर प्रदर्शन गर्न लागेको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ स्नातक तहको शुल्क वृद्धि गरेको थियो । त्यसको विरोधमा स्ववियुसहित विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले तत्काल शुल्क वृद्धि फिर्ता लिन माग गर्दै आएका छन् ।
सोही क्रममा पुल्चोक क्याम्पसका सबै राजनीतिक र गैर राजनीतिक सङ्ठनहरु माइतिघर सम्म हिनेर दबाब मूलक कार्यक्रम गर्न लागिएको स्ववियु पुल्चोकका सभापति विराज अर्यालले जानकारी दिए । उक्त कार्यक्रममा अनेरास्ववियु पुल्चोक, नेविसंघ पुल्चोक, अखिल क्रान्तिकारी पुल्चोक, विद्यार्थी जनमत संघ, अनेरास्ववियू पुल्चोक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पुल्चोकको सहभागिता रहनेछ ।
संस्थानले बीई तर्फको शुल्क बढाएर ७ लाख ७५ हजार भन्दा बढी पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण