‘काठमाडौँ यूथ कनक्लेभ २०८०’ आयोजना हुने
काठमाडौँ । काठमाडौँमा यही भदौ ९ गते शनिबार 'काठमाडौँ यूथ कनक्लेभ २०८०' आयोजना हुने भएको छ ।
प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा आयोजना हुन गइरहेको यस कनक्लेभमा देशको विभिन्न क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा उल्लेख्य प्रगति गरेका व्यक्तिहरूको ज्ञान, सीप, अनुभव बाँडेर युवा वर्गलाई देशको चौतर्फी विकासमा योगदान पुर्याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमका वक्ताहरूमा डा. सन्दुक रुइत, सन्तोष साह, मिरा राई, जाबाेर कायुमाेभ, भूमिका श्रेष्ठ लगायत रहेका छन् ।
यस कार्यक्रममा करिब ५००० युवायुवतीहरूको (खासगरी १६ देखि २५ वर्ष उमेर समूहका) सहभागिता हुने आशा गरिएको छ । शनिबार बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।
ईसेवाको मुख्य प्रयोजनमा आयोजना हुने कार्यक्रममा विगतका वर्षहरू सरह यस वर्षको 'काठमाडौँ यूथ कनक्लेभ - यूथ आइकन' अवार्ड नेपाली पब्जी टीम 'डिआरएस' लाई प्रदान गरिने भएको छ । रु १ लाख पुरस्कार राशि र सम्मान रहेको यो अवार्ड प्रत्येक वर्ष युवाहरूमा प्रेरणा दिने व्यक्तिहरूलाई प्रदान गर्दै आइरहेको आयोजकको भनाई छ । कार्यक्रमलाई बढी आकर्षक बनाउन साङ्गीतिक प्रस्तुति, प्रहसन, नृत्य प्रस्तुति लगायत विभिन्न स्टार्टअप मण्डप, खानाका स्टलहरू, खेलहरू तथा विद्यार्थीका रोचक प्रस्तुतिहरू पनि समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण