सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
हाइड्रोजन नीति

‘ग्रीन हाइड्रोजन’ उत्पादन गर्न नीति बनाउँदै सरकार

विद्युत प्राधिकरणले समेत ‘ग्रीन हाइड्रोजन पावर प्लान्ट’मा लगानी गर्नेः  कुलमान घिसिङ, प्रबन्ध निर्देशक
शुक्रबार, ०८ भदौ २०८०, ०६ : ४२
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौं । सरकारले ‘ग्रीन हाइड्रोजन’ उत्पादनका लागि लगानी सहजीकरण गर्ने लक्ष्यसहित ‘हाइड्रोजन नीति’ बनाउने भएको छ । पछिल्लो समय विश्वले ध्यान केन्द्रीत गरेको ‘ग्रीन हाइड्रोजन’को उत्पादन र लगानी सहजीकरणको लक्ष्यसहित नीति नै बन्ने भएको हो ।

नेपालमा हाइड्रोजन उत्पादनको उल्लेख्य सम्भावना रहेको बताइँदै आइएको छ । तर, अहिलेसम्म यसमा लगानी र उत्पादनका लागि आवश्यक पर्ने नीति छैन । लगानीकर्ताले इच्छा देखाए पनि आवश्यक नीतिगत व्यवस्था नहुँदा उत्पादनमा समस्या परिरहेको बुझाईसहित सरकारले नीति बनाउन लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई सचिव दिनेशकुमार घिमिरेले यतिबेला विश्वको ध्यान र लगानी नै ग्रीन हाइड्रोजनतर्फ केन्द्रीत भएको बताए । उनले नेपालको लगानीको केन्द्रका रुपमा रहेको जलविद्युत आयोजनाहरु विस्तारै पुरानो प्रविधि बन्न लागेको र हाइड्रोजन पावर प्लान्टमा विश्वको ध्यान पुगेको बताए ।

पछिल्लो समय अमेरिका, युरोपियन राष्ट्र, जापान र भारत लगायतका मुलुकले हाइड्रोजन उत्पादनमा लगानी बढाउँदै आइरहेका छन् । जसले गर्दा जलविद्युतको उत्पादनमै ध्यान केन्द्रीत गर्दा नेपाल पछाडि पर्ने अवस्था आइसकेको छ । 

निजी क्षेत्र र प्राधिकरणसमेत ‘ग्रीन हाइड्रोजन पावर प्लान्ट’ स्थापना गर्ने योजनामा जुटेपछि सरकारले नीति नै बनाउने भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले समेत ‘हाइड्रोजन नीति’ बनाउने तयारीमा मन्त्रालय लागेको पुष्टि गरे । 

सबैभन्दा धेरै खनिज तेल भण्डार रहेका मुलुकहरु कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाले समेत हाइड्रोजन पावर प्लान्ट स्थापनाको योजना अघि बढाएका छन् ।
नेपालमा हाइड्रोजन पावर प्लान्ट स्थापना र यसबाट हाइड्रोजन उत्पादनको सम्भाव्यता छलफल गर्न निजी क्षेत्रले समेत चासो देखाइसकेको छ । 

अष्ट्रेलियामा बसेर व्यवसाय गरिरहेको गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले गत वर्षको असोजमा काठमाडौंमा २ दिने ‘ग्रीन हाइड्रोजन सम्मेलन’ गरेका थिए । त्यस क्रममा उनले नेपालमा हाइड्रोजनको सम्भाव्यता र लगानीको वातावरणबारे वृहत् छलफल चलाएका थिए ।

त्यस यता नेपाल विद्युत प्राधिकरणले समेत ‘ग्रीन हाइड्रोजन पावर प्लान्ट’ स्थापनाको योजना सार्वजनिक गरिसकेको छ । प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले हाइड्रोजन पावर प्लान्ट स्थापनामा लगानी गर्ने जानकारी दिएका हुन् । 

भारतीय अर्बपति मुकेश अम्बानी र गौतम अडानीले ग्रीन हाइड्रोजनको उत्पादनमा ठूलो लगानी गरिसकेका छन् । जापानको एउटा कार उत्पादकले गरेको परीक्षणमा अन्य ऊर्जाको तुलनामा हाइड्रोजन ऊर्जाबाट चल्ने सवारीको माइलेज धेरै हुने देखाएको थियो । 

उनका अनुसार प्राधिकरणले आफ्नो योजना अनुसारको कामसमेत अघि बढाइसकेको छ । यद्यपि, कति क्षमताको र कुन स्थानमा प्लान्ट स्थापना गर्ने भनेर उनले खुलाएका छैनन् । उनले रातोपाटीसँग भने, ‘हामीले प्लान्ट स्थापना गर्ने भनेर अध्ययन गरिरहेको छौं । अबको केही समयपछि नै कति लगानी र कुन स्थान भनेर खुल्नेछ ।’

निजी क्षेत्र र प्राधिकरणसमेत ‘ग्रीन हाइड्रोजन पावर प्लान्ट’ स्थापना गर्ने योजनामा जुटेपछि सरकारले नीति नै बनाउने भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले समेत ‘हाइड्रोजन नीति’ बनाउने तयारीमा मन्त्रालय लागेको पुष्टि गरे । 

उनले भने, ‘यतिबेला विश्वभर हाइड्रोजनमा लगानी बढेको छ । नेपालमा पनि यसको सम्भावना छ । यसैले नीति बनाउने काममा मन्त्रालय जुटेको छ ।’

भारतीय अर्बपति मुकेश अम्बानी र गौतम अडानीले ग्रीन हाइड्रोजनको उत्पादनमा ठूलो लगानी गरिसकेका छन् । जापानको एउटा कार उत्पादकले गरेको परीक्षणमा अन्य ऊर्जाको तुलनामा हाइड्रोजन ऊर्जाबाट चल्ने सवारीको माइलेज धेरै हुने देखाएको थियो । 

व्यवसायी घलेका अनुसार नेपाल र साउदी अरेबियामा हुने ग्रीन हाइड्रोजन उत्पादन सस्तो पर्न आउँछ ।

ग्रीन हाइड्रोजन कसरी हुन्छ उत्पादन ?
स्वच्छ ऊर्जालाई इलेक्ट्रोलाइसिस गरेपछि हाइड्रोजन र अक्सिन छुट्टिएपछि बन्ने तरल पदार्थ नै ‘ग्रीन हाइड्रोजन’ हो । 

उत्पादित बिजुली प्रयोग गरेर स्वच्छ पानी फिटेपछि हाइड्रोजन र अक्सिन छुट्टिन्छ । यही हाइड्रोजनलाई हरित ऊर्जाका रुपमा प्रयोग गर्न मिल्छ । जुन, खनिज इन्धनको तुलनामा ३÷४ गुणा बढी शक्तिशाली हुने र कार्बनसमेत उत्सर्जन नगर्ने हुन्छ । 

हाइड्रोजन कोइला, प्राकृतिक ग्यास, डिजेल, बिजुली र सोलारबाट समेत उत्पादन गर्न सकिन्छ । तर, सोलार र बिजुलीबाट उत्पादित हाइड्रोजनलाई मात्रै ग्रीन हाइड्रोजन भनिन्छ । कोइला र अन्य खनिज इन्धनबाट उत्पादित बिजुलीको प्रयोगबाट निकालिएको हाइड्रोजनलाई भने ग्रे हाइड्रोजन भनिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप